कञ्चनपुरका एसपीको समाचारमा इन्स्पेक्टरका सुरक्षा गार्डको अश्लील कमेन्ट, होला त कारवाही ?

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कञ्चनपुर प्रहरीबारे प्रकाशित भएको समाचारमा प्रहरीले नै अश्लील कमेन्ट गरेको भेटिएको छ ।

प्रेसपत्र अनलाइनको आधिकारीक फेसबुक पेजमा बुधबार कञ्चनपुर प्रहरीलाई अदालतको झट्का : आरोपीत छाडेर पिडितलाई मुद्दा चलाउने प्रपञ्च निस्तेज, पक्राउ परेका ५ जना सफाइ पाएर आठ दिनमै छुटे भन्ने भिडियो रिर्पोट प्रकाशित गरिएको थियो ।

उक्त रिर्पोटको कमेन्ट बक्समा दिनेश कलौनी नाम गरेका व्यक्तिले प्रस्तोतालाई अश्लील गाली गर्दै कमेन्ट गरेको पाइएको छ । कलौनीले ‘अभद्र व्यवहारको मुद्दा तेरो बाउले लग्यो अदालत जा…ठि’ भन्दै लेखेका छन् ।

यसरी अश्लील कमेन्ट गर्ने कलौनी नेपाल प्रहरीको जवान भएको खुलेको छ । कलौनी सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक नवीन नेगीका सुरक्षा गार्ड(पीएसओ) भएको पनि पाइएको छ ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्न तथा लाइक र कमेन्ट नगर्न सर्कुलर जारी गरेको थियो तर जवान कलौनीले भने प्रस्तोतालाई लक्षित गर्दै अश्लील गाली गरेका हुन् ।

सञ्चारकर्मीलाई लक्षित गरेर अश्लील शब्द प्रयोग गरिएको विषयमा प्रेसपत्र व्यवस्थापनले प्रहरीको महेन्द्रनगर गुल्म र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई जानकारी गराइसकेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीले कलौनीलाई सोधपुछ गरि आवश्यक कारावाही गर्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई निर्देशन दिइएको जनाएको छ । प्रहरीले उनलाई नियमावलीअनुसार कारवाही गरिने समेत बताएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...