कैलालीमा ब्राउनसुगरसहित किशोरी र युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीमा अवैध लागूऔषध (ब्राउनसुगर) सहित एक किशोरी र एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट १८ वर्षीया एक किशोरीलाई १४० मिलिग्राम खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने पदार्थसहित बिहीबार बिहान पक्राउ गरिएको हो। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, लम्कीचुहा नगरपालिका–६ चैनपुरका २१ वर्षीय विकास थापा मगरलाई २ ग्राम २० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बिहीबार साँझ पक्राउ गरिएको छ। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो।

दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...