


बझाङ । बझाङमा एक घरमा आगलागी भएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–४ भिडमुनी बस्ने ४५ वर्षीय बिष्णुबहादुर खड्काको घरमा बिहीबार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

