


धनगढी । सुदूरपश्चिम प्रदेश सरकार पुुर्नगठन गरिएको छ । सोमबार मुुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट तीन मन्त्री र दुुई राज्यमन्त्री नियुुक्त गरे । उनीहरुले प्रदेश प्रमुख नजिर मियाँबाट सपथ समेत लिइसकेका छन् ।
कांग्रेसले मन्त्री फेरेपनि एमालेले भने पूरानैलाई निरन्तरता दिएको छ । एमालेले सरकार पुर्नगठनको तयारीका लागि चार जनाको नाम समेत टुग्याइसकेको थियो तर अध्यक्ष केपी ओलीको निर्देशनपछि मन्त्री हेरफेर रोकियो ।
अहिले सरकारमा यथावत राखिएका एमालेका मन्त्रीहरुले मुुख्यमन्त्रीपछिको वरियता पाएका छन् । मुख्यमन्त्रीपछिको वरियतामा क्रमशः भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा छन् ।
कांग्रेसका नवनियुुक्त आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले भने पाँचौँ वरियता पाएका छन् । उनीपछि सामाजिक विकास मन्त्री बेलबहादुर राना, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर रावल छन् ।
यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद, समाजिक विकास राज्यमन्त्री मधुदेवी भारती र आर्थिक मामिला राज्यमन्त्री जुुनाकुमारी दानीलाई राखिएको छ ।


