


धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–६ गप्कामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
सोही स्थानका ५० वर्षीय रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालीको खेत जोतिरहेका बेला सोमबार दिउँसो ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

