कैलालीमा ३ फरार अभियुक्त पक्राउ

cp new add
Nisharg hospital

धनगढी । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्तलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार सजाय ठहर भई फरार रहेका उनीहरूलाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र ४ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–१ निवासी खडक रेश्मी मगर रहेका छन्।

यस्तै, सवारी ज्यान मुद्दामै २ महिना कैद सजाय तोकिएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० निवासी खेमराज जोशी पनि पक्राउ परेका छन्।

त्यसैगरी, लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तथा ५ हजार रुपैयाँ जरिवाना ठहर भएका बझाङको बित्थडचिर गाउँपालिका–२ निवासी धनबहादुर बोहरालाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेकामाथि फैसला कार्यान्वयनको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...