कैलाली र कञ्चनपुरमा चार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कञ्चनपुर र कैलालीमा विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

कञ्चनपुरमा जिल्ला अदालत कञ्चनपुरको विभिन्न मितिको फैसलाअनुसार सजाय तोकिएर फरार रहेका दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–२ निवासी ३२ वर्षीय शंकर राना रहेका छन्। उनलाई विद्युतीय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

यस्तै, लागूऔषध (खैरो हेरोइन) सम्बन्धी मुद्दामा ३ महिना कैद सजाय ठहर भएका भीमदत्त नगरपालिका–२ भाँसीका २३ वर्षीय सिजन नेगी पनि पक्राउ परेका छन्।

उता कैलालीमा पनि जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाअनुसार कैद सजाय भई फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका लम्कीचुहा नगरपालिका–४ निवासी दिपक सुनार रहेका छन्। यस्तै, लागूऔषध मुद्दामै ७ महिना कैद सजाय ठहर भएका भजनी नगरपालिका–६ निवासी रुप भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई सम्बन्धित अदालतमा उपस्थित गराई फैसला कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ। पछिल्लो समय अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरूलाई खोजी गरी पक्राउ गर्ने अभियानलाई प्रहरीले तीव्रता दिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...