६ वर्षदेखि फरार डाका चोरी मुद्दाका दोषी पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । डाका चोरी मुद्दामा अदालतबाट ६ वर्ष कैद सजाय र ३३ हजार ७५० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार धनगढी उपमहानगरपालिका–१८ निवासी ३२ वर्षीय रमेश खड्कालाई उनकै घरबाट पक्राउ गरेको हो।

कैलाली जिल्ला अदालतको फैसलाअनुसार कैद तथा जरिवाना सजाय भोग्न बाँकी रहेका खड्कालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...