हुम्ला-बाजुरा सीमा विवादले बन्द कर्णाली करिडोर अझै खुलेन

cp new add
Nisharg hospital
suchana
Nast new

हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद चर्किँदै जाँदा त्यसको प्रत्यक्ष असर मुगुमा परेको छ। कर्णाली करिडोर अवरुद्ध हुँदा मुगुको पर्यटन, आपूर्ति व्यवस्था र विकास निर्माणका काम प्रभावित भएका छन्।

बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकामा सवारी आवागमन, खाद्यान्न तथा निर्माण सामग्री ढुवानीमा समस्या देखिएको छ।

साथै रारा क्षेत्र तथा हुम्ला-मुगुमा आउने पर्यटकहरू पनि प्रभावित भएका छन्। हिमाली गाउँपालिका-३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गतेदेखि कोरिडोर पूर्ण रूपमा बन्द गरिएको हो।

यसअघि वैशाख ८ गते स्थानीय पक्ष, राजनीतिक दल, प्रशासन र सुरक्षा निकायबीच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भए पनि माग कार्यान्वयन नभएको आरोप लगाइएको छ।

आन्दोलनरत पक्षले चोरी, सिकारी, लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्बाही, पीडितलाई क्षतिपूर्ति र घाइतेको उपचार व्यवस्था गर्न माग गरेका छन्।

सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार कोरिडोर बन्द हुँदा विकास निर्माणका सामग्री ढुवानी, दैनिक उपभोग्य वस्तु आपूर्ति र असार मसान्तका आयोजना कार्यान्वयनमा समेत समस्या भएको छ।

उता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले विवाद समाधानका लागि कानूनी प्रक्रिया अघि बढाइएको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...