कैलालीको गौरीफन्टामा किशोरीलाई भारत ‘भगाउने’ युवक पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार गौरीफन्टा नाकाबाट बाजुराको बडिमालिका नगरपालिका–७ बस्ने २८ वर्षीय रामबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिकलाई १५ वर्षीया नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनकाअनुसार बिकलाई जिप्रकाको हिरासतमा राखिएको छ भने नाबालिकालाई माइती नेपालको संरक्षणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...