जेनजी अभियान्ताको भेषमा एमाले छाडेर रास्वपा छिरेका जोशी प्रदेश सदस्य बने

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) प्रवेश गरेका धनगढीका नितिश जोशी सदस्यमा निर्वाचित भएका छन् । एमाले निकट अनेरास्ववियुको प्रदेश सहसंयोजक पद छाडेर जेनजी अभियान्ताको मुकुट भिरेर रास्वपा छिरेका जोशी कैलाली–५ भूगोलबाट सदस्यमा विजयी भएका हुन् ।

अन्य चार जना प्रतिस्पर्धीलाई पराजीत गर्र्दै जोशी एक सय ६६ मतसहित विजयी भए । उनका प्रतिद्धन्द्धी कल्पना बुढाथोकीले ८९ मत पाइन् । यस्तै, पुुस्करराज अवस्थीले २७, रोहित चन्दले ६० र निता चन्द शाहीले ६८ मत मात्रै पाएका थिए ।

प्रदेश सदस्यमा विजयी भएका जोशी रास्वपाको कैलाली र सुदूरपश्चिम समितिमा जेनजी पुस्ता नेतृत्वमा आउनुपर्ने नारा भजाउदै थिए । सोही नारामा टेकेर पदाधिकारी पड्काउने उनको भित्रि योजना थियो ।

नवनिर्वाचित सभापति प्रकाश विष्टलाई कुनै पनि हालतमा रोक्नुपर्छ भन्ने अभियानमा लागेका जोशी जेनजी पुस्ताका नाममा रास्वपाभित्र गुट चलाउने नाइकेका रुपमा काम गर्दै आएको आरोप छ ।

जोशीले विभिन्न पार्टीमा लाभ लिएर फेरि लाभ र पदकै लागि रास्वपा छिरेका आफूजस्तै व्यक्तिहरुको नेतृत्व गर्न थालेको दाबी छ । तर जाेशीले भने याे कुरामा कुनै सत्यता नभएको दाबी गरेका छन् । उनलेे महाधिवेशनमा आफ्ना लागि मात्र प्रतिनिधिसँग मत मागेकाे र कुनै नेताकाे पक्ष र विपक्षमा नलागेकाे बताए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...