लागूऔषधमा सजाय पाएर कैलाली लुकेका गगने समातिए, बाजुराका अनिल पनि पक्राउ

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । लागूऔषध चरेस मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।

जिल्ला अदालत बझाङको २०७८ मंसिर २६ गतेको फैसलाले लागूऔषध चरेस मुद्दामा १ वर्ष ८ महिना १७ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका बझाङको बुङ्गल नगरपालिका–२ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–४ गौरीगडामा बस्दै आएका ६३ वर्षीय गगने धामीलाई बुधबार पक्राउ गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट श्रीपुर कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई उनकै निवासबाट पक्राउ गरेको जनाएको छ।

कुटपिट मुद्दाका प्रतिवादी पनि पक्राउ

यस्तै, जिल्ला अदालत बाजुराको २०८२ जेठ ६ गतेको फैसलाले कुटपिट मुद्दामा २ महिना २ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३ का ४० वर्षीय अनिल सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले उनलाई फैसला कार्यान्वयनका क्रममा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...