रास्वपाको सहमहामन्त्रीमा उम्मेदवारी दिने रमेश प्रसाईँको घोषणा

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

Telecome

महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईँले आफू नेतृत्वभन्दा पनि पार्टीका प्रतिनिधिहरूको विवेक र निर्णयमा विश्वास गर्ने व्यक्ति भएको बताए। उनले पार्टीका सदस्यहरूले नेताको कामको निष्पक्ष मूल्यांकन गर्ने विश्वास व्यक्त गरे।

‘मलाई आफूभन्दा पनि सार्वभौम केन्द्रीय सदस्यहरूको विवेकमाथि बढी विश्वास छ। नेताले राम्रो गरेको छ भने पुरस्कृत गर्ने बेला यही हो, जिम्मेवारीलाई न्याय गर्न सकेन भने दण्डित गर्ने बेला पनि यही हो,’ उनले भने।

प्रसाईँले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र दोस्रो चरणमा पदाधिकारीतर्फ पनि प्रतिस्पर्धा गर्ने जानकारी दिए। ‘मेरो आकांक्षा सहमहामन्त्रीको हो, तर मेरो आकांक्षा प्रधान होइन, सार्वभौम सदस्यहरूले गर्ने निर्णय प्रधान हो। प्रतिनिधि साथीहरूले मलाई योग्य ठहराउनुभयो भने निर्वाचित हुन्छु, नभए त्यो निर्णयलाई पनि आशिर्वाद सम्झेर स्वीकार्छु,’ उनले भने।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...