सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर ‘प्रतिगमन’ पराजित गर्नैपर्छ : ओली

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।

Telecome

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे ।

‘फेरि आज हामी यतिबेला समाजवाद निर्माण गर्ने रु कसरी गर्ने रु,’ उनले अघि भने, ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो । प्रतिगमनलाई पराजित गर्नुपर्छ यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई ।’

उनले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सहि भएको दाबी पनि गरे ।

‘नेकपा एमाले हाम्रा नीति सहि छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छैन । हाम्रा नीति एकदमै सहि छन्,’ ओलीको दाबी छ ।

जबजलाई समसामयिक ढंगले समयानुकूल बनाउँदै आफ्नो पार्टी अघि बढेको ओलीको भनाइ छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...