धनगढीका व्यवसायी पन्तले जन्म दिनमा सडक मानव र अनाथ बालबालिकालाई गरे सहयोग

cp new add
Nisharg hospital

धनगढी । धनगढीका युवा व्यवसायी हेमराज पन्तले जन्म दिनको अवसरमा सडक मानव र अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।

Telecome

समाजसेवी समेत रहेका पन्तले आइतबार परेको जन्म दिनको अवसरमा सडक मानव आश्रीत रहेको धनगढीको मानवसेवा आश्रम, दृष्टि फाउण्डेसन र अनाथ बालबालिका आश्रीत रहेको आमाको माया छात्रवासमा आर्थिक सहयोग गरेका हुन् ।

यी सामाजिक संस्थामा आश्रित बेसहारा सडक मानव, अनाथ बालबालिकाको सहयोगार्थ आर्थिक सहयोग प्रदान गरिएको हो ।

धनगढी उपमहानगरपालिका– ३ मा बस्दै आएका पन्त हरेक वर्ष जन्म दिनको अवसरमा सामाजिक संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।

जन्म दिनका नाममा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च गर्न परम्परा बढ्दै गएका बेला पन्तले थालेको अभियानलाई सकारात्मक रुपमा लिइएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...