
धनगढी । धनगढीमा होटलमा युवती राखेर यौन धन्दा चलाएको आरोपमा पक्राउ परेका छ जना सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले बुुधबार यौन धन्दा चलाएको आरोपमा पक्राउ गरेका छ जना होटल सञ्चालकविरुद्ध मुद्दा चलाएको हो ।

प्रहरीकाअनुसार होटलबाट नियन्त्रणमा लिएका जोडीसहितका १८ जनालाई भने छाडिएको छ । उनीहरुलाई समान्य सोधपुछपछि छाडिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बुढीनन्दा होटलका सञ्चालक देवीप्रसाद जैशी, सिगास होटलका लोकेन्द्र बहादुर धामी, मालिका होटलका मिलन कार्की, जोगबुढा होटलका नरेन्द्र साउद र प्रिया होटलकी सञ्चालक देवी पुुजारालाई मुद्दा चलाइएको बताए ।
उनकाअनुसारप्रेसपत्र मंगलबार राति पक्राउ गरिएका रिदम होटलका सञ्चालक सुरेन्द्र खातीलाई पनि मुद्दा चलाइएको छ । प्रहरीकाअनुसार प्रिया होटल र रिदम होटलका सञ्चालक बाहेकका चार होटलका सञ्चालकविरुद्ध स्वयंम रंगेहात समातिएकाहरुलेप्रेसपत्र नै जाहेरी दिएपछि मानब बेचबिखन शिर्षकमा मुद्दा चलाइएको छ ।
प्रिया र रिदमका सञ्चालकविरुद्ध अरुले जाहेरी नदिएपछि अभद्र व्यवहार र सार्वजनिक मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

