कैलालीमा जीप र स्कुटर आपसी ठोक्किए, श्रीमान–श्रीमती गम्भीर घाइते

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा जीप र मोटरसाइकल आपसी ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् ।

Telecome

पूर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–८ गप्कामा आइतबार साँझ सुपप्र ०१–०११ प ३१५५ नम्बरको स्कुटर र से १ च १८६७ नम्बरको जीप आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक लम्कीचुहा नगरपालिका–१ बस्ने ३८ वर्षीय जनक रिमाल र पछाडी सवार उनकी श्रमिती धना रिमाल घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

गम्भीर अवस्थाका दुवै जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । जीप प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...