
बाँकेको कोहलपुर नगरपालिका–४ गोहवामा आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फालेर फरार रहेका एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार असार १४ गते साँझ करिब ७ बजे २० वर्षीय बिनोद चौधरीले अन्दाजी २६ वर्षीय आफ्ना सहोदर दाइ मनोज चौधरीमाथि कुटपिट गरी हत्या गरेका थिए। त्यसपछि उनले शव नहरमा फालेको आरोप छ।
मृतकको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।
घटनापछि फरार रहेका बिनोद चौधरीलाई आज बिहान करिब ६:३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका–१५ चन्हवाबाट प्रहरीले पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

