कञ्चनपुरकी पत्रकार कुँवर ५ हजार धरौटी बुझाएर थुनामुक्त

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि सार्वजनिक कार्यक्रममा हातपात र दुव्र्यवहार गरेपछि पक्राउ परेकी पत्रकार ऐश्वर्या कुँवर थुुनामुक्त भएकी छन् ।

Telecome

वडाध्यक्ष देवकोटाले दिएको जाहेरीका आधारमा पक्राउ परेकी कुँवरलाई जिल्ला प्रशासन कार्यालयले पाँच हजार रुपैयाँ धरौटीमा छाडेको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले कुँवर धरौटी बुझाएर छुुटेको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले मुुद्दाको सुनवाइ गर्दै कुँवरलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

प्रजिअको आदेशपछि प्रहरीले उनलाई थुनामुुक्त गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले उनी हिरासतमुक्त भएको बताए ।

प्रहरीले कुँवरलाई आठ दिन हिरासतमा राखेर अनुुसन्धान गरेको थियो । पहिलोपटक पाँच दिन र दोस्रोपटक तीन दिन म्याद लिइएको थियो । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष देवकोटालाई महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा रिर्पोटिङ गर्न पुगेकी कुँवरले हातपात गरेकी थिइन् ।

आपसी भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सार्वजनिक भिडियोमा प्रष्ट देखिएको छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो ।

कुुँवरले आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...