सुदूरपश्चिमकाे बजेटमाथि छलफल गर्न २२ दिनपछि प्रदेश सभाकाे बैठक बस्दै

cp new add
Nisharg hospital

सुदूरपश्चिम प्रदेश सभाको बैठक बाेलाइएकाे छ । प्रदेश सभा सचिवालयले २३ असार बिहान ११:०० बजे बस्नेगरि बैठक बाेलाइएकाे हाे।

Telecome

प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको अनुमान (बजेट) सभामा टेबुल गरिनेछ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने व्यवस्था सम्बन्धी विनियोजन विधेयक पनि सभामा टेबुल गरिने कार्यसूचीमा समावेश गरिएको छ।
बैठकमा मुस्लिम आयोग, थारु आयोग, महालेखा परीक्षकको कार्यालय तथा मधेशी आयोगका वार्षिक प्रतिवेदन पनि सभामा पेश गरिने प्रदेश सभा सचिवालयले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...