कञ्चनपुरमा स्कारपियोमा लागूऔषध ओसारपसार, ३० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

cp new add
Nisharg hospital

महेन्द्रनगर ।  प्रहरीले लागुऔषध कारोबारमा प्रयोग गरिएको स्कारपिओ गाडीसहित चार जनालाई पक्राउ गरेको छ।

Telecome

लागुऔषध नियन्त्रण ब्यूरो र कञ्चनपुरको वाणीमा रहेको प्रहरी विटबाट खटिएको संयुक्त टोलीले चार जना युवालाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले स्कारपिओ गाडीमा ३०.९३ ग्राम खैरोहिरोइनसहित चार जनालाई कष्णपुर नगरपालिका–२ नयाँबस्ती क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का लालबहादुर सुनार, हेमराज जोशी, बेदकोट नगरपालिका–७ का विमल पाण्डे र धनगढी उपमहानगरपालिका–५ तारानगरका अशोक पाण्डे रहेका छन्।

“लागुऔषधको अवैध कारोगार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्।” प्रवक्ता रावतले भने, “अभियुक्तको साथबाट पाँच थान मोबाइलसमेत बरामद भएको छ।” चार जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...