सुदूरपश्चिमका डीआईजी सुवेदी पनि करोडौं रकम हिनामिनामा मुछिए !

cp new add
Nisharg hospital

काठमाडौं । कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा भएको भनिएको ११ करोड आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)कल्पना गुरुङ पक्राउ परेकी छन् ।

Telecome

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार ठमेलबाट गुरुङसँगै उनकी साथी लीला लामालाई पनि पक्राउ गरेको हो ।

गुरुङ विद्यालयमा लेखा प्रमुखका रूपमा कार्यरत थिइन् । पैसा अपचलनमा सघाउने लामा इन्स्पेक्टरका निकस्टस्थ व्यक्ति हुन् । उनको लाजिम्पाटमा रेस्टुरेन्ट र ट्राभल एजेन्सी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी प्रधान कार्यालयको पत्रका आधारमा दुवै जनालाई पक्राउ गरिएको हो । एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितताबारे सशस्त्र प्रहरीले डीआईजी युवराज अर्यालको नेतृत्वमा समिति बनाएर आन्तरिक छानबिन गरेको थियो ।

उजुरीअनुसार विद्यालयको बैंक खातामा रहनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरी दुरुपयोग गरिएको आरोप छ। विद्यालयबाट कल्याण कोषमा पठाउनुपर्ने पैसा ढिलो गरी इन्स्पेक्टर गुरुङले व्यक्तिगत खातामा पटक–पटक ट्रान्सफर गराएकी थिइन् ।

यो प्रकरणमा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिग विजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डे पनि छानबिनमा छन् । सुवेदी हाल डीआईजी, केसी एसएसपी र पाण्डे एसपी छन् । डीआईजी सुवेदी हाल सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनीको बाहिनीपति छन् ।

एपीएफ स्कुल सशस्त्र प्रहरीको कल्याण कोषको बजेटबाट सञ्चालन हुँदै आएको छ । यसअघि २०८२ मंसिरमा पनि एपीएफ स्कुलको रासन व्यवस्थापनमा अनियमितता भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...