शनिबार भएको खेलमा नेपालले हरायो १–० ले बंगलादेशलाई

cp new add
Nisharg hospital
suchana

२० कात्तिक, काठमाडौँ । नेपालले यू–१५ वुमेन्स साफ च्याम्पियनसिपको शनिबार ढाकामा भएको खेलमा बंगलादेशलाई १–० ले हराएको छ ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन । यो जितपछि नेपालको प्रतियोगिताको उपाधि जित्ने सम्भावना बढेको छ ।
प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो भने आयोजक बंगलादेशले पहिलो हार बेहोर्यो ।

खेल बराबरतर्फ अग्रसर भइरहेको बेला वर्षाले ८७ औं मिनेटमा निर्णायक गोल गरिन । यो जितले नेपालको दुई खेलबाट ६ अंक भएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । बंगलादेश भने दुई खेलबाट ३ अंकमै सीमित रह्यो ।

प्रतियोगितामा सहभागी तेस्रो टिम भुटान भने आफूले खेलेको दुवै खेलमा पराजित रहेर शून्य अंकमा छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...