
धनगढी । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागूऔषध मुद्दाका थुनुवा फरार भएको घटनामा डीएसपी योगेन्द्र तिमिल्सिनाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

घटनामा ड्युटीमा रहेका प्रहरी जवान ललि भण्डारी निलम्बन भएका छन् भने फरार थुनुवा संजय नगार्जीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

