धनगढीसहितका ठाउँबाट सवा लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी। कैलाली प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका एक लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान बरामद गरेको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले बुधबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा, भजनी नगरपालिका–५ ठेकीपुल र हलौनाघाट क्षेत्रबाट बेवारिसे अवस्थामा रहेका अन्दाजी १ लाख १८ हजार ६५० रुपैयाँ बराबरका सामान फेला पारी नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सामानमा बिडी, सुर्ती, पेय पदार्थ, ल्वाङ, सुकमेल, कुर्ती, सुटपिस, सिद्रा माछा, प्लास्टिक झिल्ली लगायतका सामग्री रहेका छन्।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बरामद सामान सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...