कैलालीमा हिरासतबाट भागेका थुनुवा पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रहरी हिरासतबाट भागेकाे थुनुवा पक्राउ परेका छन् ।

Nast Ad

आइतबार राति इलाका प्रहरी कार्यालयकाे हिरासतबाट भागेका लागूऔषध मुद्दाका थुनुवा टीकापुर-१ का ३१ वर्षीय संजय नगार्जीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले नगार्जीलाई टीकापुर नगरपालिका-४ काे अन्नेरीबाट पक्राउ गरिएकाे जानकारी दिए ।

उनकाअनुसार इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी)प्रकाश डागीकाे नेतृत्वकाे इप्रका र जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे संयुक्त  टाेलीले नगार्जीलाई नियन्त्रणमा लिएको हाे ।

उनी पहिचान नखुल्नेगरि हेलमेट र मास्कले अनुहार छाेपेर माेटरसाइकल चलाउने बेला समातिएका हुन् । नगार्जी आइतबार राति पानी पिउने बहाना बनाएर डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई लडाएर भागेका थिए ।

घटनापछि प्रहरीले उनलाई निलम्बन गरेर छानबिन गरिरहेकाे छ । डीएसपी तिमिल्सिनाकाे नेतृत्वमा समिति गठन गरेकाे छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...