सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेकी सांसद यसुदाकुमारी बरालले सुकुमबासी जनता हुन् कि होइनन् भनेर संसदमार्फत सरकारलाई प्रश्न गरेकी छन् ।

Nast Ad

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले सरकारले सुकुमबासीलाई गरेको व्यवहारप्रति कटाक्ष गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

‘सुकुमबासी जनता हुन् कि होइनन् ? उहाँहरूले बाच्न पाउने कि नपाउने ? र उहाँहरूलाई २५ हजार रकम हातमा थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन् हुन्छ कि हुँदैन ?’, बरालको प्रश्न छ ।

उनले गरिबका आँसु महँगो हुने भन्दै उनले साझा यातायातको रङ फेरेर देशभर चलाउने हो कि फेसबुकका भित्ता रंग्याउनमात्र प्रचार गरिएको हो भन्दै प्रश्न गरिन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...