सुदूरपश्चिमको मौलिक देउडा गीत ‘अधुरै छ माया’ सार्वजनिक

cp new add
Nisharg hospital

लामो समयपछि BIG ENTERTAINMENT को पर्दामा निर्माण भयको म्युजिक भिडियोमा सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रेम कथालाई समेटेर निर्माण गरिएको नयाँ देउडा गीत ‘अधुरै छ माया’ सार्वजनिक भएको छ। गीत Music TV Nepal को युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।

Nast Ad

गीतमा प्रकाश जेठारा र पूर्णकला बिसीको स्वर रहेको छ भने शब्द हर्क बिबस खनालले सिर्जना गरेका हुन्। गीतको लय प्रकाश जेठाराकै रहेको छ।

म्युजिक भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका छन्। छायांकन आदित्य विक्रम छेत्री र किशोर रिमालले गरेका हुन्। भिडियोमा जगत साउद, झरना बोहरा, दीपक साउद, डिल्लीराज साउद र नीशा बोहरा को अभिनय रहेको छ भने भिडियोमा वरिष्ठ चलचित्रकर्मी सरस्वती खड्का भट्ट र हास्य कलाकार प्रेम पौडेल लाई पनि देख्न सकिन्छ। मेकअप निसा बोहरा, एरेन्ज पवन परियार तथा रेकर्डिङ मालाश्री स्टुडियोमा गरिएको हो।

गीतको पोस्ट–प्रोडक्सन BIG Entertainment Photography & Videographyले गरेको छ भने निर्माणमा Navajeevan Hospital, Janani Design र Raaz Media Houseको सहयोग रहेको छ।

निर्माण टिमले भिडियोलाई हेरेर आवश्यक सुझाव सल्लाहको अपेक्षाकस साथै, आगामी दिनहरूमा पनि यस्तै मौलिक देउडा गीतमार्फत सुदूरपश्चिमको कला, संस्कृति र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...