बझाङ जीप दुर्घटना : उकालो घुम्तीमा चढ्न सकेन, ब्याक गर्दा भीरालोतिर खस्यो

cp new add
Nisharg hospital

धनगढी । शनिबार दिउँसो बझाङको केदास्युँ गाउँपालिका–७ मा सुपप्र०१००१ च २६६४ नम्बरको जीप दुर्घटनाको मुख्य कारण कच्ची सडकमा क्षमताभन्दा बढि यात्रु बोक्नु भएको खुलेको छ ।

Nast Ad

ट्राफिक प्रहरीकाअनुसार वर्षा भइरहेका बेला कच्ची सडकमा क्षमताभन्दा बढि यात्रु बोकेर दुर्घनाग्रस्त जीप गन्तव्यतिर हिडेको थियो ।

जीपमा चालकसहित १६ जना सवार थिए । बुंगलबाट दुर्गाथलीतर्फ गइरहेको जीप खसेको ठाउँमा उकालोमा घुम्ती रहेको छ । एकातिर वर्षाले हिलाम्मे सडक र अर्कोतिर क्षमताभन्दा बढि यात्रु भएर लोड धान्न नसकेर जीप उकालो चढ्न सकेको थिए ।

चालकले उकालोमा जीप रोकेर ब्याक गरि घुम्ती कटाउने प्रयास गरेपनि ब्याक भएको जीप भिरालो जमिनतिर खसेपछि दुर्घटना भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले प्रारम्भिक अनुुसन्धानबाट उकालोमा घुम्ती कटाउन खोज्दा जीप नचढेर ब्याक भएपछि भीरालो जमिनतिर खस्न पुगेको जानकारी दिएका छन् ।

उनकाअनुसार दुर्घटनाबारे थप अनुुसन्धान भने जारी रहेको छ । जीप दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ७ जना गम्भीर घाइते भएका छन् । जीप चालक देवेन्द्र धामी पनि गम्भीर घाइते छन् ।

गम्भीर घाइते अवस्थाका ७ जनालाई आइतबार नेपाली सेनाको हेलीकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो ।
उनीहरु मध्ये ५ जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक धामी र दुर्गाथलीका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर लगिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन् ।

स्थानीय तहहरुले अन्धाधुन्ध खनेका ग्रामणी सडकका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षेनी सयौँ मानिसले सवारी दुर्घटनामा अकलमै ज्यान गुमाउनुुपरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...