बैतडीमा हातहतियार मुद्दाका फरार दुई फरार प्रतिवादी पक्राउ

cp new add
Nisharg hospital

बैतडी। हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा जिल्ला अदालत बैतडीबाट कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

Nast Ad

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका–९ का ४१ वर्षीय तारा दत्त जोशी र ४२ वर्षीय मोहन राज जोशी रहेका छन्।

सम्मानित जिल्ला अदालत बैतडीको फैसलाअनुसार दुवै जनालाई २१ दिन कैद सजाय तोकिएको थियो। फैसला कार्यान्वयनका क्रममा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...