गाडीमा ब्रेक नहुनेले सरकार, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाइरहेका छन् : गगन थापा

cp new add
Nisharg hospital

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताएका छन् ।

Nast Ad

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे । उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रणसमेत गरे ।

थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको र त्यसमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको जानकारी पनि गराए । उनका अनुसार उक्त रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने जानकारी दिए ।

थापाले ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै कांग्रेसले देशव्यापी नयाँ अभियान विहीबार सार्वजनिक गर्ने जानकारी पनि दिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...