कैलालीमा खैरो हेरोइनसहित पाँच पक्राउ, किशोरी पनि नियन्त्रणमा

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा प्रहरीले दुई छुट्टाछुट्टै कारबाहीमा खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक १७ वर्षीया किशोरी पनि छन्।

Nast Ad

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाँडीमा शंकास्पद रूपमा हिँडिरहेका तीन जनालाई जाँच गर्दा १ ग्राम ६५ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको हो।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–३ घर भई हाल धनगढी–४ बस्दै आएका २८ वर्षीय दीपक ऐरी, बैतडीको दोगडाकेदार गाउँपालिका–६ घर भई धनगढी–४ बस्दै आएका ३१ वर्षीय हेमन्त कार्की र गोदावरी नगरपालिका–१ का ३२ वर्षीय शम्भु भट्ट रहेका छन्।

यस्तै, धनगढी उपमहानगरपालिका–८ कान्तिपुर टोलमा लागूऔषध सेवन भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले खानतलासी गर्दा ३ ग्राम ६१४ मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

उक्त घटनामा धनगढी–७ का १९ वर्षीय महेश राना र कैलारी गाउँपालिका–७ घर भई हाल कान्तिपुर टोलमा डेरा गरी बस्दै आएकी १७ वर्षीया किशोरीलाई पक्राउ गरिएको छ।

पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...