
काठमाडौं– नेकपा ( एमाले ) र नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) बीच प्रदेशमा संयुक्त सरकार गठन गर्ने विषयमा तीन बुँदे सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिअनुसार कोसी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।मधेश र गण्डकीमा भने अन्य दलसँग परामर्श गरेर नेतृत्व र सरकारको स्वरूप तय गरिनेछ ।
दुवै दलले प्रदेशमा देखिएको बजेट विवाद, राजनीतिक अस्थिरता र अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्दै सुशासन, स्थिरता र विकासलाई गति दिने उद्देश्यले सहकार्य गर्ने बताएका छन् ।


