कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

cp new add
Nisharg hospital

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शनिबार शिलान्यास गरिएको छ।

Nast Ad

काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्। भारतीय राजदूतावासका अनुसार भारत सरकारको करिब १ करोड ९० लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालय भवन निर्माण हुन लागेको हो।

उक्त परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ। यो कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। शिलान्यास कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुखसहित अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

भारतीय राजदूतावासले नेपाल र भारतबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउन उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार निर्माणमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।

यसका साथै, यस्ता परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको प्रयासलाई पनि सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...