खोलामा नुहाउने क्रममा डुबेर घोडाघोडीका एक बालकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उनी साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया अनुस्का बोहरासँग खोलामा नुहाउन गएका थिए।

टेकेन्द्र डुबेपछि साथीहरूले नै घरमा पुगेर उनकी आमा पुष्पालाई खबर गरेका थिए। आमाले डुबेका छोरालाई खोलाबाट निकालेर उपचारका लागि घोडाघोडी अस्पताल पु¥याए पनि दिउँसो २ बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...