
दुबईबाट नेपाल आउँदै गरेकी कैलालीकि एक युवती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–१ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए ।
अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

