दार्चुला पुगेर देउवा र प्रचण्ड ओलीमाथि खनिए, चुच्चे नक्सामा घुडा टेकेको आरोप

cp new add
Nisharg hospital
suchana

२३ कात्तिक, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

बुधबार दार्चुला सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवा र प्रचण्डले ओलीको प्रतिवाद गरे ।

प्रचण्डले ओलीमाथि कालापानी, लिपुलेक र लिम्पिया धुरा समेटिएको चुच्चे नक्सामा आत्मसमर्णण गर्न बाध्य भएको आरोप लगाए । ‘केपी ओलीले होइन नक्सा बनाएको म पनि त्यही पार्टीको अध्यक्ष थिएँ । कोही भ्रममा नपार्नुहोला मसमेत अत्याधिक बहुमतले यो नक्सा बनाउनुपर्छ भनेर लागेपछि बाध्य भएर बनाएको हो । केही समयपछि चुच्चे नक्साको विषयमा आत्मसमर्पण गरेका छन्’, प्रचण्डले भने ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको दबाबपछि ओली नक्सा छाप्न बाध्य भएको दाबी गरे ।

‘ओली जीले दार्चुला आएर के–के गर्छु भनेर धेरै किसिमका अपवाह र प्रलोभन दिएर जानुभएको रहेछ । कालोपानी, लिपुलेक र लिम्पिया धुरा नेपालको भूमी हो,’ सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुच्चे नक्सामा उहाँ झुठा कुरा गर्दैहुनुहुन्छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको पार्टीले ल्याएको हो । सबैले संसदबाट पारित गरेको हौँ’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...