कैलालीमा लागूऔषधसहित ७ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले शनिबार खैरो हेरोइनसहित ७ जना वयस्क र दुई किशोरलाई पक्राउ गरेको छ। विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा प्रहरीले खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगदसमेत बरामद गरेको हो।

Nast Ad

जिल्लाको गोदावरी नगरपालिका–९ सेहरीस्थित भित्री सडक खण्डबाट २ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र नगद ३५ हजार ३०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोदावरी–८ ‘झ’ गाउँका ३० वर्षीय अशोक चौधरी र २४ वर्षीय दीपक चौधरी रहेका छन्।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–१० घुँइयाघाटबाट १७१ मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित स्थानीय ३० वर्षीय सञ्जय राना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।

त्यसैगरी, टिकापुर नगरपालिका–९ खक्रौलाबाट ३ ग्राम ३५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बर्दियाको राजापुर नगरपालिका–५ पाहाडीपुरका १८ वर्षीय दुई किशोर पक्राउ परेका छन्। प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

यही क्रममा टिकापुर–९ खक्रौला स्थित सत्ती भन्सार कार्यालय नजिकबाट ६० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर–१ ब्लक नं. १० का ३१ वर्षीय हिमाल रावल र लम्कीचुहा नगरपालिका–३ का ४० वर्षीय राकेश गुरुङ रहेका छन्।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेका सबैमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...