५० वर्षीय विश्वकर्माको हत्या, नाती पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय नातिलाई पक्राउ गरेको छ ।

Nast Ad

सोलुखुम्बुमा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा सोलुदुधकुण्ड नगरपालिका- १ लुदु बस्ने २३ वर्षीय निरबहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

निरबहादुरले सोमबार राति कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले निरबहादुरलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गम्भीर घाइते भएका कृष्ण गोपालको स्वास्थ्य चौकी नुनथलामा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...