
धनगढी । कैलालीको टीकापुरमा बोलेरो र ग्यास सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किँदा बोलेरोका सहचालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

हुलाकी राजमार्गअन्तर्गत टीकापुर नगरपालिका–७ झुँगा नजिक नेपालगञ्जबाट आउँदै गरेको लु.प्र. ०२–००१ च ०५४० नम्बरको तरकारी बोकेको बोलेरो र भे १ क ५०१ नम्बरको भेरी ग्यासका सिलिन्डर बोकेको ट्रक एकापसमा ठोक्किएका हुन्।
दुर्घटनामा बोलेरोका सहचालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बोलेरो चालकको उपचार भइरहेको छ।
दुर्घटनाको कारण, मृतकको परिचय तथा घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

