सीईओलाई अर्थमन्त्रीको प्रश्न : ब्याजदर कम हुँदा पनि किन कर्जा बढेन ?

cp new add
Nisharg hospital

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर इतिहासकै न्यून अवस्थामा झरे पनि किन कर्जा प्रवाह हुन नसकेको भन्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) हरुलाई प्रश्न गरेका छन् । मंगलबार सीईओहरुलाई अर्थ मन्त्रालयमा डाकेर मन्त्री वाग्लेले नेपालको अर्थतन्त्रको मनोविज्ञान वास्तवमा कस्तो छ, व्यवसायी किन लगानी विस्तार गर्न हिच्किचाइरहेका छन्, ऋणको ब्याजदर ऐतिहासिक रूपमा न्यून हुँदा पनि कर्जाको माग किन बढ्न सकेको छैनलगायतका प्रश्न गरेका छन् ।

Nast Ad

बैठकमा अर्थमन्त्री वाग्लेले बैकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन र लगानीमा किन रूपान्तरण हुन नसकेकाले यसको समाधान मौद्रिक नीतिमा छ, वित्तीय नीतिमा छ वा कि निजी क्षेत्रको आत्मविश्वासमा रु भनेर प्रश्न गरेका थिए । ‘बैंकिङ प्रणालीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह बढाउन के–कस्ता संरचनागत सुधार आवश्यक छन ? मौद्रिक नीति, नियमन र सुपरिवेक्षणमा अब कुन नयाँ दृष्टिकोण अपनाउनुपर्छ ?,’ अर्थमन्त्री वाग्लेले बैंकरहरुलाई भने, ‘अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ ?’

नेपालको अर्थतन्त्रलाई पुनः गति दिने साझा अभियानको क्रममा गत साता निजी उद्योगीहरूसँगको संवादपछि आज वित्तीय प्रणालीको नेतृत्व गरिरहेका सीईओहरूसँग छलफल गरेको उनले बताए । ‘किनकि उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणाली नै छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘वास्तवमा, वाणिज्य बैंकहरू अर्थतन्त्रका सबैभन्दा महत्त्वपूर्ण संगम हुन् । किनकी अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्यप्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा तपाईंहरुले नै महसुस गर्नुहुन्छ ।’

बजेटमार्फत सरकारले नेपालको आर्थिक रूपान्तरणका लागि एउटा स्पष्ट दिशा तय गरेको र अब ध्यान कार्यान्वयनमा रहेको उनले बताए । ‘हामी सबैको साझा लक्ष्य एउटै छ— नेपालको अर्थतन्त्रलाई पुनः गतिशील बनाउने, लगानी बढाउने, उत्पादन विस्तार गर्ने, रोजगारी सिर्जना गर्ने र निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्ने,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकारका तर्फबाट हामी नियामकीय, कानुनी र संस्थागत सुधारको प्रक्रिया अगाडि बढाइरहेका छौं । तर एउटा प्रश्न हामीले आफैंलाई सोध्नुपर्छ—के यी सुधारहरू पर्याप्त छन् ? अझ के गर्नुपर्छ ?’

सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र नभइ साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको बताए । आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रो साझा उद्देश्य भएकाले बजेटले तय गरेका नीति कार्यान्वयनको स्पष्ट रोडम्यापमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता रहेको अर्थमन्त्रीले बताए ।

‘हामी सबैको साझा एजेन्डा एउटै हो– विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने र नेपाललाई उच्च वृद्धि तथा उच्च उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउने,’ अर्थमन्त्री वाग्लेले भने ।

बैठकमा सबै सीईओले छुट्टाछुट्टै धारणा राखेका थिए । धेरैले बजारमा माग बढ्ने वातावरण बनाएर बैंकहरुमा रहेको कर्जा प्रवाह गर्ने अवस्था सृजना गर्नुपर्ने माग गरेको बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘निजी क्षेत्रको मनोवल बढाउने, लगानीमैत्री वातावरण बनाउने, ऋण असुली गरेकै भरमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारीले मुद्दा खेप्नुपर्ने अवस्था नआउनेलगायत विषयमा छलफल भएको छ,’ उनले भने, ‘हाम्रा माग पूरा गर्ने कर्जा प्रवाह हुने वातावरण बनाउने प्रतिवद्धता अर्थमन्त्रीले गर्ने भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...