सिरहामा सद्भाव कार्यक्रममा विवाद, रास्वपा सांसद तपेश्वर यादवलाई प्रहरीले बाहिर निकाल्यो

cp new add
Nisharg hospital

जनकपुरधाम। सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम समुदायबीच सद्भाव, शान्ति र आपसी भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित संयुक्त श्रद्धाञ्जली कार्यक्रममा विवाद उत्पन्न भएको छ। विवाद बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य तपेश्वर यादवलाई प्रहरीले सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको छ।

Nast Ad

बिहीबार आयोजित कार्यक्रममा सुनसरीका तीन जना र सिरहाका एक जना मृतकप्रति हिन्दु र मुस्लिम समुदायका नागरिकले संयुक्त रूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, उद्योगी–व्यवसायी, स्थानीय अगुवा तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सांसद यादवले गोलबजारका केही राजनीतिक दल तथा व्यक्तिलाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि विवाद सुरु भएको बताइएको छ। उनले केही राजनीतिक दल र व्यक्तिका कारण घटना भएको भन्ने आशय व्यक्त गरेपछि कार्यक्रममा उपस्थित अन्य राजनीतिक दलका कार्यकर्ता तथा समर्थकहरूले आपत्ति जनाएका थिए।

दुवै पक्षबीच भनाभन बढ्दै जाँदा कार्यक्रम केहीबेर प्रभावित बनेको थियो। स्थिति थप तनावपूर्ण हुन नदिन प्रहरीले हस्तक्षेप गर्दै सांसद यादवलाई सुरक्षित रूपमा कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो।

घटनापछि कार्यक्रमको सुरक्षा व्यवस्था कडा पारिएको थियो। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...