ग्यास नपाए उजुरी गर्न आग्रहसहित उद्योग मन्त्रालयले दियो फोन नम्बर

cp new add
Nisharg hospital

काठमाडौं । बजारमा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी बढेको गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उजुरी गर्न आग्रह गरेको छ ।

Nast Ad

देशका धेरै ठाउँमा ग्यास अभाव सिर्जना गरिएपछि कुनै समस्या परे तत्काल सम्बोधन गर्न उद्योगमन्त्रीको सचिवालयले प्रत्यक्ष सम्पर्क गर्न सकिने जनाएको हो । जसका लागि ९८५१११६७७३ नम्बरमा फोन गर्न अनुरोध गरिएको छ ।

यसरी आउने जानकारी तथा सूचनाका आधारमा सम्बन्धित नियामक निकाय र सुरक्षा संयन्त्रसँग समन्वय गरिने बताइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...