
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले जनता ग्यासका लागि मध्यरातसम्म लाइनमा बसेको दृष्यले आफूलाई लाज लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रसाईंले चुनाव अघि गरेको बाचा सम्झेर आफूलाई लाज लागेको बताएका हुन् ।

“चुनाव ताका गरेको बाचा- सरकारी कार्यालयमा नो लाइन रास्वपाको पालमा वन्ली अनलाइन भनेका थियौं । आज खाना पकाउने ग्यासको अभावमा जनता दिनभरि रातभरि लाइनमा बसेको दृष्यले साँच्चिकै लाज लागेको छ,” उनले भने, “ग्यासको अभाव प्रधानमन्त्री र मन्त्री क्वार्टरमा छ कि छैन ? कालो बजारी भएको हो भने कठोर दण्ड दिन के रहेको छ ”
आम नागरिकले नयाँ चिल्ला अनुहार खोजेको नभई व्यवहार नयाँ खोजेका उनले बताए ।

