सिकार खेल्ने क्रममा एक जनाको मृत्यु, सँगै गएका ६ जना पक्राउ

cp new add
Nisharg hospital

सल्यानमा सिकार खेल्ने क्रममा भरुबा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ।

Nast Ad

कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार सिकार खेल्ने क्रममा सोही गाउँपालिका – २ बराहडुंगाका करिब ६२ वर्षीय टोपबहादुर पुनमगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पुनमगर साथीहरूसँग सिकार खेल्न जंगल गएका थिए। सिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुनमगरको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरी टोलीले सँगै सिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ । कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी र कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर पक्राउ परेका छन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...