
धनगढी । धनगढीमा मोटरसाइकलले ठककर दिदा युवती घाइते भएकी छन् ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढीको बोराडाँडीमा शनिबार बिहान सुपप्र०१०१२प५५२६ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा ठक्कर दिदा युवती घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा धनगढी उपमहानगरपालिका–६ बस्ने ३० वर्षीया उर्मिला जैशी रहेकी छन् । उनको टाउको र खुट्टामा चोट लागेको छ । दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ आदर्श टोल बस्ने हरि सिंह साउद पनि घाइते भएका छन् । साउदको अवस्था सामान्य रहेको छ ।
दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

