खोलाले बगाएर बेपत्ता भएका हाइड्रोपावरका सपुरभाइजर मृत फेला

cp new add
Nisharg hospital

संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् ।

Nast Ad

मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

साउन २० गते राति ११ बजे मकालु –५ मा रहेको सिमली खोला तर्ने क्रममा खाँदबारी नगरपालिका –१० का इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय निरौला बेपत्ता भएका थिए । बेपत्ता भएका सुपरभाइजर निरौलाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । स्थानीयसहितको सहयोगमा ३ दिनदेखि खोजी भइरहेको थियो ।

साउन २० गते हाइड्रोपावरमा कार्यरत कर्मचारी रुकुम पश्चिम आठबिकोट नगरपालिका – १० का दिनेश विश्वकर्मा र इलाम जिल्लाको इलाम नगरपालिका –१ का राजेन्द्र लिम्बू सहित खाना खाएर बास बस्ने ठाउँ तर्फ जाँदै गरेका निरौलालाई खोलाले बगाएको थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...