हाइस दुर्घटना हुँदा ४ जना घाइते, २ को अवस्था गम्भीर

cp new add
Nisharg hospital

सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा ४ जना घाइते भएका छन्।

Nast Ad

जिल्ला प्रहरी कार्यालयका अनुसार धनुषाको गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह र मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका प्रहरीले जनाएको छ।

मोरङबाट काठमाडौं जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा दुर्घटना भएको हो। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

हाइसमा चालकसहित १४ जना सवार थिए। हाइसका चालक मोरङको बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सवारीसाधन घटनास्थलमै रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...