संसद बैठकमा खाली कुर्सी देखिन थालेपछि सांसदहरूको हाजिरी हेर्दै रास्वपा

cp new add
Nisharg hospital

प्रतिनिधि सभामा सांसदहरूको उपस्थिति पातलिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनीहरूको हाजिरी जाँच गर्ने भएको छ।

Nast Ad

रास्वपा संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले सांसदहरूको हाजिरी कापी झिकाएर विश्लेषण गरी प्रतिवेदन पेस गर्न सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखालाई निर्देशन दिएको जानकारी गराएका छन्। ‘पछिल्लो समय संसदमा अपेक्षित उपस्थिति नभएको, बैठकमा सुरूमा उपस्थित भए पनि बीचमा संसद छोडेर जाने क्रम पनि बाक्लिँदै गएको र यसबाट संसदको गरिमा कमजोर हुँदै जाने देखियो,’ बुर्लाकोटीले भनेका छन्, ‘असार ३० र ३१ अनि साउन १४, १८ र २२ गतेको हाजिरी विश्लेषण गर्दै गरेको जानकारी गराउँछु।’

संसद सचिवालयबाट हाजिरी झिकाएर ७ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। ‘बैठकको उपस्थिति हाजिरी संसद सचिवालयबाट झिकाई विश्लेषण गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न रास्वपा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई जिम्मेवारी दिइएको छ,’ बुर्लाकोटीले आफ्नो प्रेस नोटमा उल्लेख गराएका छन्। संसद बैठकमा कुर्सी खाली खाली हुने गरेको गुनासा आएको थियो।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...