६५ वटा ठूला भ्रष्टाचारका काण्ड बाहिर आउँदा किन दीपक भट्ट मात्र पक्राउ परे : ज्ञानेन्द्र शाही

cp new add
Nisharg hospital

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले विकासका लागि समय लिए पनि भ्रष्टाचारी समाउनमा समय लिन नहुने बताएका छन्। उनले विकास ४ महिनामा हुन नसके पनि भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिहरूमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न वर्षौं कुर्न नपर्ने बताएका हुन्।

Nast Ad

‘चार महिनामै सरकारले चमत्कार गरेर देश बदल्नुपर्छ भन्ने होइन। विकास गर्न समय चाहिन्छ, त्यसका लागि सरकारलाई केही समय कुर्नुपर्छ। ३५ वर्षमा हुन नसकेको विकास चार महिनामै गर भनेर अपेक्षा गर्नु पनि व्यावहारिक हुँदैन।’ उनले भनेका छन्,‘ देशका ६५ वटा ठूला भ्रष्टाचारका काण्डका मुख्य नायकहरूमध्ये अहिलेसम्म प्रभावशाली रूपमा कारबाहीमा परेको कोही देखिँदैन।

अहिलेसम्म पक्राउ परेकामध्ये गृहमन्त्रीका व्यापारिक साझेदार भनिएका दीपक भट्ट मात्रै छन्।” उनले विकासका लागि समय लिए पनि भ्रष्टाचारको अनुसन्धान गर्न समयको बहाना नबनाउन सरकारलाई अनुरोध गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...